बाँकेमा प्रहरी र स्थानीयबीच झडप

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौं । नेपालगञ्जको त्रिभुवन चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।  नेपालगन्जमा कोरोना संक्रमितहरु बढेपछि  मंगलबार दिउसोबाट सिल गर्ने निर्णय गरेको थियो ।

लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले स्थानीयलाई रोक्न खोजेपछि झडप भएको बताइएको छ । प्रहरीले घर बाहिर निस्केका स्थानियलाई नियन्त्रणमा लिन खोजेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । उक्त बस्तीमा मुस्लिम समुदाय बढि बसोबास रहेको छ । स्थानीयहरुले वडा प्रहरी कार्यालयको गाडीमा तोडफोड गरेको नेपालगन्ज निवासी धनराज कट्टेलले जानकारी दिए ।

निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा व्यापारी र प्रहरीबीच पनि झडप भएकाे थियाे । अहिले उक्त क्षेत्रमा बाक्लाे रूपमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments