रौतहटमा दुई समूहबीच झडप, स्थिति नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर

बिहिबार, भदौ २६, २०७६



काठमाडौं । रौतहटमा ताजिया विर्सजनको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ ।
रौतहटको राजपुर नगरपालिका ६ मा दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्नका लागि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको छ । मुस्लिम र हिन्दु युवाहरुबीच ताजिया विर्सजनको विषयमा भएकाे झडप अवस्था नियन्त्रण बाहिर गएपछि प्रहरीले कडा कदम चाल्न बाध्य भएकाे जनाइएकाे छ ।

स्थिति नियन्त्रणका  लागि प्रहरीले दुई दर्जन भन्दाबढी हवाई फायर र केहि सेल अश्रुग्याँस प्रहार गरेको प्रहरी नायव उपरिक्षक नविन कार्कीले जनाएका छन ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको  छ । तनाव नियन्त्रणका लागि जिल्ला सुरक्षा समितिको बैठक बसीरहेको छ । साथै राजनीतिक दलका प्रतिनिध,जननिर्वाचित प्रतिनिधि र दुबै समूहका गन्यमान्य व्यक्तीहरुसँग प्रशासनले छलफल चलाएकाे छ । हाल स्थिति नियन्त्रण तर्फ उन्मुख भएकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata