झरी पर्दा ओत लाग्ने, छानो चाहिएको छ !

शनिबार, साउन २६, २०७५

- मन्जु सिल्वाल (त्रिपाठी) धादिङ



झरी पर्दा ओत लाग्ने, छानो चाहिएको छ !
एकछाक अघाउने, मानो चाहिएको छ !

दरिलो मियो बिना, दाईँ चलेको बेलामा,
पुरै घर सम्हाल्ने , रानो चाहिएको छ !

आजै छाडौं गर्न, सासू  बुहारी गल्फत,
चिसो हैन सम्बन्ध, ओभानो चाहिएको छ !

शान्ति वृक्ष लगाउँला, मिलेरै हुर्काउँला,
टुसाउन नसडेको , गानो चाहिएको छ !

भन्छ सधैं सगरमाथा , स्वाभिमान राखौं ,
आमालाई तत्काल , छिनोफानो चाहिएको छ !

 

202 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank