परोपकारीताको एउटा उदाहरण – घरभाडा मिनाहा

सोमवार, जेष्ठ २६, २०७७



गोरखा – यतिखेर कोरोना भाइरसद्वारा सिर्जित महासंकटले विश्व नै ठप्प भएको छ । उक्त महासंकटको संक्रमणलाई रोकथाम गर्नको लागि राज्यले लकडाउनको नीति अपनाएको छ । फलत धेरै नागरीकको रोजगार र व्यावसाय धरापमा परेको अवस्था छ । घर, फ्ल्याट वा कोठा भाडामा लिएर बसोबास, अध्ययन, वा जागीर व्यावसाय गर्नेहरुलाई यस संकटले सबैभन्दा धेरै मारमा पारेको छ । फलत: कतिपयको रोजगार खोसिएको छ भने कतिपयको व्यावसाय टाट पल्टिएको छ ।

यस्तो बेला भाडाको घरमा बस्नेहरु वा घर भाडामा लिएर व्यावसाय गर्नेहरुलाई भाडा कसरी तिर्ने भन्ने चिन्ता छ । दिनप्रतिदिन आत्महत्याका खबर बढेका बढ्यै छन् । विश्वव्यापि महासंकटको यो समयमा केही यस्ता परोपकारी उदाहरणहरु पनि भेटिएका छन्, जसले मानवता र परोपकारितामा गर्विलो ईटा थप्ने काम गर्छन् । यस्तै एउटा उदाहरण हो गोरखा जिल्लाको बारपाक सुलिकोट गाँउपालिका वडा नं ४ स्थित सौरपानीकी पार्वती ढकालले २ महिनाको घरभाडा वापतको रकम रु २० हजार मिनाह गरिदिएको खबर ।

गोरखाको बारपाक सुलिकोट क्षेत्रलाई आधार बनाएर नेपाल कम्युनिष्ट पार्टिबाट समाज सेवा एवं राजनिति गर्दै आएकी ढकालले सौरपानी बजार स्थित आफ्नो घर भाडामा लिएर सञ्चालन भएको अनुष्का बेकरी उद्योगलाई २ महिनाको भाडा मिनाहा गरेकी हुन् । विश्वव्यापि लकडाउनका कारण व्यापार, व्यावसाय लगायत समग्र आर्थिक कारोबार धरासायि बनेका बेला केही परोपकारी काम गर्ने मनासायले दुई महिनाको घरभाडा मिनाहा गरिदिएको उनले बताइन ।

भाडा मिनाहा गरिदिएको कुराले अनुष्का बेकरी एण्ड क्याफेकट व्यावसायी पनि खुसि भएका छन् । वैदेशिक रोजगार छाडेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर बेकरी व्यावसाय थालेका उनले घरधनिको यो निर्णयले व्यावसायमा हौसला थपिएको बताए । यसरी नै अन्य घरधनिले पनि घरभाडाको सवालमा केही परोपकारिता देखाएमा बन्दाबन्दिको कारण प्रत्यक्ष मकर्कामा परेका विद्यार्थी उद्योगी, व्यवासायीहरु लाई केहि हदसम्म राहत हुने थियो । यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments