म रोल्पा हुँ (कविता)

loading...

बुधबार, मंसिर २२, २०७३

- घनश्याम अस्तित्व



चिन्नु,
राम्ररी चिन्नु– म रोल्पा हुँ
झन्डा जस्तै फर्फराइरहने पातहरू देख्दैमा
तिम्रै पाखुरा जस्तो अनुभूत हुने
वलिया हॉगाहरू देख्दैमा
तिमि त संधैको भोको मान्छे
फल देखेर मुख रसायो भन्दैमा
नविर्सिनु, जराहरू नविर्सिनु
म पनि जरा हुँ यो देशको ।

खोज्नु,
राम्ररी खोज्नु –देशभित्र रोल्पा छ कि
रोल्पा भित्र – लुकेको छ देश ।
मेरै शिरमा टेकेर
हाम्फालेका थिए – कृष्ण, किशोर र पुष्पहरूले
उज्यालो खोसेर ल्याउंछौ भनी ।
राजधानीतिर
नविर्सिनु,
कहिल्यै नविर्सिनु – त्यो जलजल यतै पर्छ ।
तिम्रा तराइका ति फॉटहरूमा
सुंघ्नुपर्दा –रोल्पाको सुगन्ध
तिम्लाई अचम्म पो लाग्दो हो

जान्नु,
राम्ररी जान्नु मेरै मन निचोरेर
वगाएकोहुँ ऑखावाट–लुडःग्री र माडीलाई
भोकको अचारसंग
फापरका वासि रोटीहरू निल्दै
वन्दुकको लठ्ठी ट्केर
क्रान्तिलाई उचाइमा पुऱ्यान
उक्लिएको त्यो उकालो यतै पर्छ

ख्याल गर्नु,
राम्ररी ख्याल गर्नु–सुनेका हौला
तिमिलाइ कहानी जस्तो लाग्ने
त्यो सात दोवाटो बेरिएको पहाड यतै पर्छ
बत्तिमा होमिएंझै पुतलिहरू
समयको अगेनामा बलेको
विद्रोहको आगो निभ्न नदिन
डाउराझैं ज्यान जोर्ने योद्दाहरू यतैका हुन्
सम्झनु,
राम्ररी सम्झनु – ति जेल्वाडः लिवाडःयतै
पर्छन् ।
आकाशमा चिल नाच्दा
पोथिले तोपेझैं चल्लाहरू
आजकाल बागझैं गर्जजै
राजधानीथर्काउंदा हिंड्ने नायकहरू
हिजो त्रासका जहाजहरू नाच्दा
माउ बनेर तोपेको गाउँ यतै पर्छ

सुन्नु,
राम्ररी सुन्नु–त्यो थवाडः गाउँ यतै पर्छ ।
मलाइ टेकेर बसिरहेका
ए…मित्रहरू हो
चिन्नु, राम्ररी चिन्नु–म रोल्पा हुँ ।

416 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom