गजल-भ्रुणदेखि दृष्टिकोणमा अझै नगर है भेद

आइतवार, फाल्गुन २५, २०७६

- सीता ओझा



भ्रुणदेखि दृष्टिकोणमा अझै नगर है भेद

घर भित्र छेकिएको अब घेराबन्दी तोड

जन्मदेखि कर्म गर्दा छ्ट्याइएका व्यवहार
सहन गर्न सिकाइएका अपराध र सराप

हिड डुल,खानपिनमा पनि नजिक र टाढा
वर पर मात्रै होइन तिम्रा अमानवीय ती कर्म

आजैदेखि छोडिदेउ तिम्ले काखा पाखा गर्न
हिंसा, विभेद अन्त्य गर्दागर्दै समानता खोज

हिजो भन्दा आज धेरै सजिलो प्रविधिको साथ
अन्याय र शोषणको अन्त्यसगँ चुनौती छ आज

अन्तर्राष्ट्रिय आन्दोलनहरूले स्थापित आठ मार्च
विश्वभर नै मनाउने महिलाहरूको उत्सवको दिन

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments