पृथ्वीजयन्तीमा सार्वजनिक विदाको माग गर्दै ठकुरी सञ्जाल युएईद्वारा ज्ञापनपत्र

बुधबार, पुस ९, २०७६



युएई  । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता दिवस मनाउन पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै ठकुरी सहयाेग सञ्जाल युएईले नेपाली दूतावास अबुधाबी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र पेश गरेको छ ।

राष्ट्रनिर्माणका महानायक पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा घोषणा गर्नुपर्ने, यसबाट राष्ट्रनिर्माता शाहको सम्मान र कदर हुने सञ्जाल युएईका कार्यवाहक अध्यक्ष दिपक शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ  । “बाइसे चौबिसे राज्यलाई बिशाल नेपालमा एकीकरण गरेको, अखण्ड र स्वतन्त्र नेपाल बनाउने महान् व्यक्तिको गौरवपूर्ण इतिहास तथा योगदानलाई भूल्न सकिदैँन ।”भन्दै सार्वजनिक विदाकाे माग सहित ज्ञापनपत्र बुझाइएकाे हाे ।

पछिल्लाे समय आयातित चाडपर्वको समयमा सार्वजनिक विदा दिने तर राष्ट्रनिर्माताको योगदानको दिन विदा नदिनु दुखद रहेको भन्दै सरकारको ध्यानाकर्षण गरिएको ठकुरी सहयोग सञ्जाल युएईले जनाएको छ । पृथ्वीनारायण शाह साझा व्यक्ति हुन । उनले राष्ट्रनिर्माणको महाअभियान नथालेको भए हामी नेपाली भनेर गर्व गर्ने ठाउँ हुने थिएन भन्दै  सरकारसँग विदाको माग गरिएको जनाइएको छ ।

हेर्नुहाेस विज्ञप्ती

tss

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments