प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

विद्यार्थीदेखि उच्च पदस्थ व्यक्तित्व अस्पतालमा

बुधबार, फाल्गुन २१, २०७६



काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सर्वसाधरण र विद्यार्थी शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन ।

सत्तारुढ दल निकट अनेरास्ववीयूले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै शिक्षण अस्पतालमा गेट वेल पिएम लेखेका प्लेकार्ड सहित स्वास्थ्य लाभको कामना गरेका छन ।  १२ वर्ष अघि मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार पहिलो पटक स्वदेशमा मिर्गाैला प्रत्यारोपण शुरु गरिएकाे छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजेर पाँच मिनेट जाँदा अप्रेशन थिएटरमा छिराइएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्काले जानकारी दिएका छन् । उनका अनुसार मिर्गौला प्रत्यारोपणका लागि तीनदेखि पाँच घण्टा लाग्ने छ ।

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण हुने भएपछि विभिन्न कुटनिती नियोगका प्रतिनिधि, छिमेकी राष्ट्र प्रमुखहरुले स्वास्थ्य लाभको कामना गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments