पूर्वराजाद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

बुधबार, मंसिर ११, २०७६



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन । पूर्वराजा शाहले आफ्ना सहयोगीमार्फत स्वास्थ्यलाभको सन्देश पठाएका हुन् ।

पूर्वराजाका प्रमुख सचिव पशुपतिभक्त महर्जन पूर्वराजा शाहको सन्देश बोकेर मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। शाहको सन्देशमा स्वास्थ्य लाभकाे कामना गरिएको उनका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

ओलीकाे शल्यक्रियापछि स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेकाे छ । चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री ओलीलाई आज विहान भेन्टिलेटरबाट हटाइएको थियो । प्रा.डा. उत्तम कृष्ण श्रेष्ठद्वारा जारी पछिल्लो विज्ञप्तीमा प्रधानमन्त्री ओली कुराकानी गर्न सक्ने अवस्थामा पुगेको जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata