जर्मनीमा दुई अलग–अलग गोलीकाण्डमा ८ जनाको मृत्यु

बिहिबार, फाल्गुन ८, २०७६



एजेन्सी । जर्मनीको हानाउ सहरमा भएका दुईवटा अलग अलग गोलीकाण्डमा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

प्रहरीले मृतकको संख्या यकिन रुपमा पुष्टि नगरेपनि ६ जना घाइते भएको जनाइएको छ । राति करिब १० बजेतिर सो घटना भएको हो । घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

गोलीकाण्ड भएको हानाउ सहरको फ्रयांकफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ। पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो ।

दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् भने हवाई गस्ती पनि गरिँदैछ । अज्ञात बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रो घटनामा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments