जर्मनीमा पसल खोल्न अनुमति, फुटबल लिग समेत शुरु गर्ने संकेत

बिहिबार, बैशाख २५, २०७७



एजेन्सी । विश्वव्यापी महामारी कारोना भाइरस(कोभिड-१९)को संक्रमणबाट उच्च जोखिममा रहेको युरोपेली मुलुक जर्मनीमा पसल खोल्न इजाजत दिइएको छ । जर्मन चान्सलर एंगेला मर्केलले जर्मन सरकार कोरोना भाइरस संक्रमणको फैलावट कम गर्ने लक्ष्य प्राप्त गरिसकेको बताउँदै सो अनुमति दिएकी हुन् ।

जर्मनीले सार्वजनिक स्थानमा गएर खाना खान, वृद्धाश्रममा  रहेकाहरूसँग भेट्न, बच्चालाई स्कुल पठाउन अनुमति दिएको बीबीसीले जनाएको छ ।

जर्मनीले फुटबल लिग पुन : शुरु गर्न सक्ने संकेत समेत दिएको छ । युरोपमा कोरोनाको संक्रमण देखिए पछि फुटबल लिग शुरु गर्न अनुमति दिइएको यो पहिलो पटक हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments