जर्मनीका हेस्सी प्रान्तका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या

सोमवार, चैत्र १७, २०७६



एजेन्सी । जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् ।प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो ।

थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्यसमेत थिए । कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटका कारण उनी केही समयदेखि निकै चिन्ता व्यक्त गरिरहेको प्रान्तीय गभर्नरले बताए ।

प्रहरी र अभियोजन अधिकारीहरूले प्रारम्भिक अनुसन्धानबाट थोमसले आत्महत्या गरेको निष्कर्ष निकालिएको बताएका छन् ।कोरोना भाइरसका कारण सार्वजनिक जीवनमा परेको असर न्यून गर्न जर्मनीको संघीय र प्रान्तीय सरकारहरूले ठूलै आर्थिक प्याकेज घोषणा गरेका छन् ।

साफर एक दशकदेखि हेस्सी प्रान्तका अर्थराज्यमन्त्री थिए । जर्मनीमा कोरोना भाइरसका कारण ६२ हजारभन्दा बढी मानिस संक्रमित हुनुका साथै करिब ६ सय व्यक्तिको मृत्यु भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments