जर्ज फ्लोइडको मृत्यु ‘मानव हत्या’ – पोस्टमार्टम रिपोर्ट

मङ्लबार, जेष्ठ २०, २०७७



एजेन्सी । अमेरिकामा भइरहेको हिंसात्मक गतिविधि अन्त्य गर्न सेना र प्रहरी परिचालन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । प्रहरी हिरासतमा रहेका एक व्यक्ति जर्ज फ्लोइडको हत्यालाई लिएर अमेरिकामा प्रदर्शन तीव्र भएपछि राष्ट्रपतिले टेलिभिजनमार्फत् सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

अर्कोतर्फ, अमेरिकामा गत सोमबार  मिनेशोटा राज्यको मिनियापोलिस प्रहरी हिरासतमा मृत्यु भएका जर्ज फ्लोइडको मृत्यु ‘मानव हत्या’ भएको पोष्टमार्टम रिपोर्ट आएको छ । आधिकारिक पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘होमोसाइड’ अर्थात मानव हत्या भएको उल्लेख गरिएको छ । फ्लोइडको मृत्युलाई लिएर अमेरिकाभर अफ्रिकन मुलका अमेरिकीहरुले प्रदर्शन गरिरहेका बेला पछिल्लो रिपोर्ट बाहिर आएको हो ।

फ्लोइडले प्रहरी हिरासतमा आफ्नो अन्तिम श्वास छोड्नु अघि उनलाई नियन्त्रणमा लिने क्रममा एक प्रहरी अधिकारीले उनको घाँटी करिब ८ मिनेटसम्म थिचेका थिए । सो दर्दनाक भिडियो सामाजिक संजालमा भाइरल भएपश्चात रंगभेदलाई लिएर अमेरिकामा विभिन्न शहरमा प्रदशर्न जारि छ ।

Official ME report rules homicide in George Floyd's death

 प्रहरीले घाँटी थिचेर पक्राउ गर्ने क्रममा फ्लोइडलाई कार्डिक अरेस्ट भएको देखिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । रिपोर्टमा फ्लोइडको मृत्युको कारणका रुपमा ‘पक्राउ गर्ने क्रमको क्रुरता तथा घाँटी थिचिँदा भएको कार्डियोपल्मोनरी अरेस्ट’ भनी उल्लेख छ ।

फ्लोइडमा मुटु सम्बन्धी समस्या रहेको र उनले औषधि सेवन गरिरहेको प्रमाण समेत फेला परेको छ । फ्लोइडको परिवारले गरेको पोष्टमार्टममा पनि उनको मृत्युलाई मानवहत्या नै भनिएको थियो ।

सोही अनुसार पक्राउ परेका प्रहरी अधिकारीमाथि पहिलो स्तरको हत्या अभियोगमा मुद्दा चलाउनुपर्ने उनको परिवारका वकिलले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments