गीत संगीत जस्तै जीवन-अम्बर गुरुङ

शनिबार, साउन २६, २०७५

- विमल गिरी



अम्बर गुरुङको जन्म वि.स. १९९४ फागुन १४ गते बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रूपमा भारतको दार्जिलिङको लालढिकीमा भएको थियो । उनका बुबामात्र होइन, हजुरबुबा देवराज गुरुङ पनि सेनामा जागीर खान्थे। अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो । तीन छोरा किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरुङ हुन्।

०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक समेत रहेका गुरुङ काठमाडौंको महाराजगञ्ज चक्रपथ नजिकै बसोबास गरेको पाइछ । गीत संगीतका धरोहर अम्बर गुरुङले गायन तथा संगीत सुरुवात वि.स. २०१६ माघ कलकत्ताबाट दुई गीत म अम्बर हुँ र सम्हालेर राखबाट गीतिलेखन प्रारम्भ गर्नु भएको हो ।

bimal giri गीत सङ्गीत जस्तै जीवन-अम्बर गुरुङ

संगीतकार गुरुङले भारतको कलकत्ता शहरबाट पहिलोपटक सन् १९६१ मा वरिष्ट साहित्यकार अगमसिंह गिरीले रचना गर्नु भएको नौ लाख तारा उदाए गीत रेकर्ड गर्नु भएको थियो । एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारत विरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो । पछि यही गीत सबै नेपालीहरुले मन पराए ।

राजा महेन्द्रले समेत यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे । उनी वि.स. २०२५ सालमा नेपाल आउनु भयो । वि.स. २०२६ सालमा दोस्रो पटक नेपाल आउनु भएको बेलामा पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहोर्याएपछि गुरुङ नेपाल आएर बस्न थालनु भएको हो ।

वि.स. २०२६ मा संगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश गर्नु भयो । संगीत प्रमुख, संगीतसंयोजक र संगीत निर्देशक भएर वि.स. २०५४ मा अवकाश पाएर आफ्नै निजी निवासमा गीत सङ्गीतको क्षेत्रमा बिभिन्न साधना गर्दै रहनु भयो । उहाले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी, मुनामदनमा सङ्गीत गर्नु भएको छ ।

उहाँले शताब्दी पुरूष डा.सत्यमोहन जोशीका चार नाटक लगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत संगीत दिनु भएको छ । उहाले चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसंगीत र पार्श्व संगीत दिनु भएको छ । त्यस्तै आदिकवि भानुभक्तका वृतचित्रमा पार्श्वसंगीत,स्वर समेट्नु भएको छ ।

ब्याकुल माइला द्वारा रचित नेपालको वर्तमान राष्ट्रगान सयौं थुंगा फूलका हामीलाई अम्बर गुरुङले संगीत दिनु भएको हो र उहाका कृतिहरु र उहाले नेपाली गीत सङ्गीतका क्षेत्रमा दिनु भएका देनहरु जबसम्म नेपाल रहन्छ तबसम्म हरेक नेपालीहरुको जनजिब्रोमा रहिरहने छ । जीबनमा थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान, पुरस्कार र विभूषणबाट सुशोभन भैसक्नु भएका अम्बर गुरुङ्गलाई हार्दिक बधाई ज्ञापन पनि गर्न चाहन्छु ।

ammber gurung

१ जनवरी २०१४ हङकङमा हिमालयन् टोन्स म्युजिक एकेडेमीले आयोजना गरेको अम्बर गुरुङ रात्रीमा आयोजकका तर्फबाट संगीतकार गुरुङलाई अभिनन्दन गर्दै महासंगीतकारको घोषणा गरिएको थियो । विगत पाँच दशक भन्दा बढि यता सङ्गीत साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत विसं २०५४ सालको जगदम्बाश्री पुरस्कारले सुसोभित गरिएको थियो । उहाँले २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलिङबाट रु १ लाख नगद प्रमाणपत्र, विसं २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार प्राप्त गर्नु भएको थियो ।

उहाँको स्वालम्वी कार्यशैली, प्रभावकारी सामाजिक प्रष्तिठा, प्रगतिवादी चिन्तन, कार्य सञ्चालन प्रति उहाँको अठोतता, मानवीय मूल्य र मान्यता प्रतिको उहाँको प्रभावकारी धारणाले गर्दा सुकार्यको लागि उहाँ हर प्रकारको कठीन्याईलाई सामना गर्न सफल देखिनु हुन्थ्यो । इतिहासका थुप्रै धरोहरहरू खँडहरमा परिणत भइरहेको यो बेला अम्बर गुरुङलाई उहाँको सालीक बनाइ संरक्षण र जगेर्ना गर्न सके नेपाली वाङ्मयको मात्र होइन सिङ्गै राष्ट्रको गौरव बढ्ने थियो ।

230 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank