गीत-पिरतीको नसामा जहर मिसाउन हुन्नथ्यो

आइतवार, कार्तिक १८, २०७५

- विमल गिरी-चारपाने झापा -हाल  बेल्जियम



चित्कार पिडासङ्गै रहर मिसाउन हुन्नथ्यो

पिरतीको नसामा जहर मिसाउन हुन्नथ्यो

 

तृष्णा मेटिसके पछि सुनसान रातहरुमा
टुक्रिएको मन जोड्न घात आघातहरुमा
बनावटी आशुको नहर मिसाउनु हुन्नथ्यो
पिरतीको नसामा जहर मिसाउन हुन्नथ्यो

 

बाध्यता विवसमा शोकको पीडा थाहाभो
आँफैलाई परेपछि भोकको पिडा थाहाभो
मन दुखाउने एक नजर मिसाउन हुन्नथ्यो
पिरतीको नसामा जहर मिसाउन हुन्नथ्यो

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank