ताइवानमा समलैंगिक विवाहलाई संसदद्वारा मान्यता

शुक्रबार, जेष्ठ ३, २०७६



ताइवान । ताइवानको संसदले समलिङ्गी विवाहलाई बैधता प्रदान गरेको छ । ताइवानी सत्तारुढ डेमोक्रेटिक प्रोगेसिव पार्टीको प्रभुत्व भएको संसदमा समलिङ्गी विवाहलाई मञ्जुरी दिने सहमति पश्चात सडकमा ४० हजार समलिङ्गीले प्रर्दशन गरेका छन् ।

love

संसदमा दर्ता भएको समलिङ्गी विवाहलाई अनुमति दिने विधेयकको परिच्छेद ४ को पक्षमा ६६ सांसदको समर्थन रहेको जनाइएको छ भने विपक्षमा केवल २७ सभासद मात्र रहेका थिए ।

अनुच्छेद ४ पास भएसँगै अब ताइवानमा समलिङ्गीहरु विवाहको निम्ती योग्य हुनेछन् । जसलाई सरकारी अधिकारीले कानूनी मान्यता दिनु पर्नेछ । विवाह सार्वभौमिक मानवीय अधिकार हो ।जसलाई समानताको रुपमा लिनु जायज हुनेछ । विधेयकले समलैङ्गिक जोडीलाई नागरिक संहिता अन्तरगत सबै अधिकारको ग्यारेन्टी गर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank