बैठकको जानकारी लिक गराएको आरोपमा ब्रिटेनका रक्षामन्त्री बर्खास्त

बिहिबार, बैशाख १९, २०७६



ब्रिटेन । सन् २०१७ देखि रक्षामन्त्री रहेका  गेविन विलियमसनलाई बर्खास्त गरिएको छ ।  राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को उच्च स्तरीय बैठकको जानकारी लिक भएको मामलामा भएको अनुसन्धानको आधारमा उनीमाथि यो कारबाही गरिएको हो ।

ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेको कार्यालयले जारी गरेको बयान अनुसार प्रधानमन्त्रीले ‘उनको क्षमतामा विश्वास गुमाएकी छन्’ र पेनी मोरडन्टले उनको पद सम्हाल्नेछन् । प्रधानमन्त्रीका अनुसार २३ अप्रिलमा आयोजित बैठकको जानकारी चुहिनु ‘निकै गम्भीर मामला हो र यो एउटा निराश बनाउने कुरा हो ।’

बैठकको जानकारी चुहाएको मामलाको अनुसन्धान ब्रिटेनमा फाइभजी नेटवर्क तयार गर्न ह्वावे लिमिटेडलाई भूमिका दिने योजनाबारे रिपोर्ट सार्वजनिक भएपछि गरिएको थियो ।

विलियमसनले जानकारी चुहाएको कुरा अस्विकार गरेका छन् ।

प्रधानमन्त्री टेरिजा मेको बुधबार  विलियमसनसँग बैठक भएको थियो । यतिबेला प्रधानमन्त्रीले उनैले  (विलियमसन) अनधिकृत तरिकाले जानकारी दिएको सूचना आफूसँग भएको बताएकी छिन् ।

ह्वावेको भूमिकाबारे पुष्टि भएको छैनः

ह्वावेबारेको निर्णय डेली टेलिग्राफमा आएपछि एनएससीबाट जानकारी चुहिएको बारे अनुसन्धान भयो ।

एनएससीमा क्याबिनेटका वरिष्ठ मन्त्री समावेश छन् र प्रधानमन्त्रीको अगुवाईमा यसको साप्ताहिक बैठक हुन्छ । अन्य मन्त्री र अधिकारीलाई आवश्यकताको आधारमा बैठकमा बोलाइन्छ ।

अहिलेसम्म ह्वावेको भूमिकाबारे कुनै आधिकारिक पुष्टि गरिएको छैन ।

यस्तै, ह्वावेले जासुसीको कुनै पनि खतराबाट अस्विकार गरेका छन् । कम्पनीले उसलाई चीनियाँ सरकारले नियन्त्रित गर्ने कुरा पनि अस्विकार गर्दै आएको छ ।

-बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments