निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २० दिनमा

मङ्लबार, बैशाख ३, २०७६



भैरहवा ।  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल आयोजनाका अनुसार चार तहसम्म निर्माण हुने धावनमार्गको कालोपत्रे गर्ने काम अब अन्तिम चरण मात्रै बाँकी छ । सामान्य अवस्था रहेमा २० दिनमा सबै धावनमार्ग कालोपत्रे भइसक्ने आयोजनाले जनाएको छ ।

यसबीचमा वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको आयोजनाले जनाएको छ । धावनमार्ग तीन किलोमिटर लम्बाइको छ । अन्तिम सतहको कालोपत्रे साढे सात सेन्टिमिटरको हुनेछ ।

धावनमार्गको अन्तिम चरणको कामसँगै ‘ट्याक्सी वे’ पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । “कुनै बाधा अवरोध नआए २० दिनमा धावनमार्ग निर्माण सम्पन्न हुन्छ”, उनले भने । योसँगै धावनमार्ग ‘ट्याक्सी वे’ सँग जोडिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमाप्रकाशित छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank