गौतमबुद्ध विमानस्थल धावनमार्ग निर्माण कार्य रोकियो

सोमवार, बैशाख ३०, २०७६



काठमाडौँ । निर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ ।

सरकारी लापरबाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको हो ।

सरकारी कमजोरीकै कारण यस आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइतबारबाट रोकिएको छ । ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले यसअघि सम्पन्न भइसकेको कामको समेत भुक्तानी नपाएको भन्दै आइतबारबाट धावनमार्ग बनाउने काम रोकेको हो ।

 यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank