गौमुल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, १७ करोड बजेट प्रस्ताव

साउनदेखि मदिरा सेवन गर्नेलाई कार्डको व्यवस्था

आइतवार, असार १७, २०७५



बाजुरा । गौमुलगाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभाबाट १७ करोड १८ लाख ९ हजार बजेट प्रस्ताव सहीतको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

संघिय सरकारबाट प्राप्त अनुदान १६ करोड ४८ लाख, प्रदेश सरकारबाट ६६ लाख ९ हजार र आन्तरिक आम्दानी ४ लाख सहीत १७ करोड १८ लाख ९ हजार बजेट प्रस्ताव गरिएको छ । प्रस्तुत गरिएको बजेट शर्सत अनुदान १० करोड १५ लाख, पूजिँगत ४ करोड ३१ लाख ४३ हजार, चालु २ करोड १६ लाख ७५ हजार र समपुरक कोषमा ५४ लाख ९१ हजार विनियोजन गरिएको छ ।

गाउँपालिकाले पुजिँगत तर्फको बजेट मध्ये भौतिक पूर्वाधार तर्फ २ करोड ६४ लाख ५० हजार, सामाजिक विकास तर्फ ६७ लाख ६३ हजार, आर्थिक विकास तर्फ २७ लाख, विपद व्यवस्थापनतर्फ ५ लाख र शुसासन तथा क्षमता विकास तर्फ ६७ लाख ३० हजार छुट्याईएको छ ।
गौमुल गाउँपालिकाले पहिलो गाउँसभाले पारित गरेको मदिरा सेवन कार्ड वितरण गर्ने निर्णय अनुसार आगामी वर्षदेखि कार्यान्वन गर्ने भएको छ । उपाध्यक्ष सीताथापाले प्रस्तुत गरेक थिइन् ।

थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक बर्षको श्रावण महिनादेखि मदिरा सेवनगर्ने व्यक्तिलाई कार्ड वितरण गरी व्यवस्थीत गर्ने उल्लेख गरिएको छ ।
यस्तै स्वास्थ्य विमा कार्यक्रमलाई तिव्रता दिने, शैक्षिक क्षेत्रको सुधार गर्न विद्यालय समायोजनागर्ने, विद्यार्थीहरुको शारिरीक तथा मानसिक तन्दुरुस्तीका लागि हरेक दिन संगित, खेलकुद र योगाभ्यास अनिवार्य बनाउने र खेल तथा संगीतशिक्षकको व्यवस्थागर्ने कार्यक्रममाउल्लेख छ । विपन्न विद्यार्थीहरुलाई प्रोत्साहन गर्न मदनआश्रीत छात्रबृत्ती कोषको स्थापना गर्ने, जडिबुटि क्षेत्रको व्यापक बृद्धिका लागि जनतासँग जडिबुटि कार्यक्रम सञ्चलन गर्ने, छाडा रुपमा आवश्यकता भन्दा बढी पशुपक्षीपालन बन्द गर्ने नीति लिएको छ । एक घर १० विरुवा रोप्न अनिवार्य गरिएको छ । पाँच बर्ष भित्र स्वच्छ खानेपानी सबैको घरमा पुर्याउने लय लिएको छ ।
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षण सिकाई, बार्षिक परीक्षागाउँपालिका स्तरीय लिने र मासिकतीन दिन टेष्ट परीक्षा सञ्चालन गर्नु पर्ने नीति लिएको छ ।

गाउँपालिका स्तरिय एक ल्याव सेवा स्थापनागर्ने, जेष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरी जेष्ठ नागरिक स्वास्थ्य परिक्षण शिविर संचालनगर्ने तथा महिला स्वयंम सेविकाहरुलाई एस.एम.एस.मोबाईल रिर्पोटिङ्ग गर्नका लागिप्रत्येक स्वयमसेविकाको लागि रिचार्ज खर्च र मोबाईल उपलव्ध गराउने बताईएको छ ।

“एक घर एक करेसाबारी ,हरेक दिन हरियो तरकारी”लाई अनिवार्य गरिने र प्रत्येक गाउँमा पानीपुलिसको व्यवस्थागर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । गाउँपालिकामा ३ वर्ष भित्र साँस्कृतिक संग्राहालय स्थापना गर्ने, रैथाने जौ बालीको प्रवद्र्धनमा विशेष जोड दिने र नगदेवाली विकास कार्यक्रम अन्र्तगत अलैची,उखु,चिया र कफी खेतीको सम्भावना अध्ययन गरी अलैचि र कफीको नर्सरी स्थापना गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

किसानले खेतीपातीको क्रममाभोग्नु परेको समस्यातथा कृषी सम्बन्धि समस्यालाई टेलीफोन मार्फत समाधानगर्न किसानकल सेन्टर स्थापना गरी संचालनगर्ने, “एकहल गोरु,एक दुहुनु गाई वा भैसीलाई प्राथमिकता दिई अनावश्यक पशुपालन गरिने गाईवस्तुलाई घटाई हरेक व्यक्तिलाई उत्पादन मुलक क्षेत्रबाट अगाडी बढाउने नीतिमा उल्लेख छ ।
गोठ सुधार तथा मलखाडललाई व्यवस्थीत गर्ने र परिवारले मुलघर भन्दा १ किलोमिटर टाढा गोठको व्यवस्था गर्न लगाउने बताईएको छ । गौमुल हुँदै बुढीनन्दा पैदलपद मार्गको सम्भाव्यता अध्ययन गर्ने र शुक्रबार गौमुल जाउँ,माछा खाउ, पौडी खेलौ र शनिवार आउँभन्ने नारालाई स्थापीत गर्ने उल्लेख छ । गौमुलको कुनै एक टोललाई होमस्टेको रुपमा विकास गर्ने योजना अघि सारिएको छ ।
युवाहरुलाई नागरिकता र सर्टिफिकेट धितो प्राणालीबाट अनुदान उपलब्ध गरिनेकार्यलाई निरन्तरता दिने “एकगाउँ एक सहकारी ,घरघरमा रोजगारी ”को नीतिलिई सहकारी विज्ञद्धारा सहकारी शिवीर संचालनतथा समय समयमातालिम संचालनगर्ने र उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्ने नीतिलिएको छ ।

गाउँपालिकाले पाँचवर्ष भित्र सबै वडामा मोटरबाटो पु¥याईन नीतिलिएको छ । रोडको पहुँच नभएका नहुँन सक्ने र झोलुङ्गेपुल आवश्यक पर्ने ठाउँहरुमा आगामी ५ बर्ष भित्र लगायतका विषयमा जोड दिएको छ ।

५ बर्ष भित्र सबै स्वास्थ्य केन्द्रहरुमा कर्मचारी आवाशालय र माविहरुमा भुकुम्प प्रतिरोधी छात्रावास निर्माण गर्ने, विद्युत सेवा विस्तारलाई प्राथमिकतामा राख्ने र सञ्चारको पहुँच बाहिर रहेका स्थानीयलाई सहज सेवाप्रदान गर्न ३ महिनाभित्र सुचारुका लागि पहल गर्ने र गाउँपालिका मातहतमा रेडियो एफएम सञ्चाल नगर्ने नीति लिएको छ ।

वन समुहहरुको कार्ययोजनालाई फेरबदलगरि समायानुकुल तथा बैज्ञानीक वन अनुकुल बनाउँदै लगिने र एक काट्दा १० रोप्ने नीति कार्यान्वन गर्ने र जलवायु अनुकुन कार्यक्रम सञ्चालन गर्ने बताईएको छ । अध्यक्ष हरि बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको तेस्रो गाउँ सभाको गाउँपालिकाको कार्यालय घटमुनामा सञ्चालन गरिएका थियो ।

190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank