ग्याँस लुकाएकाे अभियोगमा एक जना पक्राउ

आइतवार, चैत्र १६, २०७६



धनुषा ।जनकपुर उपमहानगरपालिका-११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाटखटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको बिभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments