विकासको माग गर्दै ज्ञापनपत्र

सोमवार, भदौ ३०, २०७६



काठमाडौं । नागरिक सेवा सरोकार मञ्च बाजुराले विकासको माग गर्दै विभिन्न १८ बुँदै ज्ञापनपत्र बुझाएको छ । जिल्लाको पूर्वीत्तरी क्षेत्रमा अस्थायी रुपमा रहेको यातायात बाह्रै महिना चल्नु पर्ने , महान जिल्लामा उत्पादित  स्याउलाई बजार सम्म ढुवानी सहज बनाउन तत्काल सडकको व्यवस्थापन गर्नु पर्ने भन्दै  ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको हो ।

आइतबार काठमाडौंमा प्रदेशसभा क का सभासद बलदेव रेग्मी मार्फत सुदूरपश्चिम प्रदेश सरकार,जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्लाका नौवटै स्थानीय निकायलाई ज्ञापनपत्र बुझाइएको नागरिक सेवा सरोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले जनाए ।

नेपाल सरकारले हिमाली जिल्लाका सुतकेरी महिलालाई प्रोत्साहन वाफतको व्यवस्था गरेको प्रसुति भत्ता गत आ.व.मा बुढीनन्दा नगरपालिकामा १८८ जना त्रिवेणी नगरपालिकामा ७७ जना,खप्तड छेडेदह गाउँपालिकामा ३० जना, स्वामीकार्तिक खापर गापामा ६७ र जगन्नाथ गापामा ७० जना सुत्केरी सहित जिल्लाका अन्य स्थानिय तहमा पनि प्रसुती भत्ता नपाएका महिलाहरुलाई चालु आवमा तत्काल उपलब्ध गराई लापरबाही गर्नै निकाय र संस्थालाई कार्बाही गर्न माग गरिएको छ । साथैै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापनाहुने भनिएको CEONC सेवा एक बर्ष विति सक्दा पनि स्थापना नभएकाले त्यसको स्थापना का लागि सम्वन्धीत निकायमा आवश्यक पहलको गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै गत जेठ महिनामा हिमाली गाउँपालिकाको धुलाचौरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न आएकी विच्छयाँकी कक्षा १० मा अध्ययनरत  बासमति  भण्डारी २ महिनापछि मृत अवस्थामा फेला परेकाले हराएकी भनिएकी बासमति भण्डारीको हत्या हो ? वा आत्महत्या के हो ? त्यसको छानविन र अनुसन्धान गरी  घरपरिवार र आफन्तहरुलाई न्याय दिनुपर्ने, एक करोड भन्दा माथिका योजनामा मात्रै डोजर लगाउनु पर्ने भए पनि स्थानीय निकायमा उक्त कुराको वेवास्था गरिएको ज्ञापनपत्रमा जनाएकाे छ ।

 टेलिकम सेवा नियमित हुनुपर्ने,  जैतुनको अनुसन्धान अयोजनाको प्रतिफलका आधारमा बाजुराको कोल्टीमा आ.ब. ०७३।०७४ मा  स्थापना भएको जैतुन विकास केन्दले २ वर्ष निरन्तर करिव ४ करोड बजेट सहित कोल्टीमा स्थापना भई काम गरेको भए पनि आ.व. ०७४।०७५ बाट उक्त केन्द्र खारेजिमा पर्दा समेत बुढीनन्दा नगरपालिकाले खोजि नगरेकोले  के कतिकारणले सो कार्यालय खारेज भयो सोको छानवीन गरी दोसी उपर कारवाहि गरी सो कार्यालय पुनः स्थापनाका लागि पहल गर्नु पर्ने लगायतका  लगायतका १८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

 यस्ताे छ ज्ञापनपत्रकाे पूर्णपाठ1

2

3a

a

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata