धर्म परिवर्तन गराउनेलाई कार्वाहीको माग गर्दै तीन बुँदे ज्ञापनपत्र

बिहिबार, बैशाख २७, २०७५



काठमाडौं । सहयोगको नाममा जवरस्त रुपमा धर्म परिवर्तन गराउनेलाई कारवाहीको माग गर्दै राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न सहयोगमा नाममा देशका विभिन्न भूभागमा सनातन धर्म संस्कृतीलाई समाप्त पार्ने गरि धर्म परिवर्तन गराएको भन्दै बुधबार राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले सुर्खेतका प्रमुख जिल्ला अधिकारीलाई  तीनबुदे  ज्ञापनपत्र बुझाएको विद्यार्थी संगठनका प्रवक्ता छत्र क्षेत्रीले नेपालपाटीलाई जानकारी दिए । धर्म परिवर्तन गराउने अनुग्रह लगायत जिल्लाका चर्च,पादरी, अनुयायी, एनजीओ आइएनजीओलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।

उनीहरुले कारकारगार जस्तो सम्बेदनसिल क्षेत्रमा कैदिबन्दीहरुलाई खाद्यान्न,स्वास्थ्य, खानेपानी, र आधारभुत सहयोग गर्ने नाममा एनजिओ , आइएनजिओले क्रिचियन धर्म परिवर्तन गराएको भन्दै तत्काल कार्वाहीको माग गरेका छन् । साथै जवरजस्ती रुपमा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने अपराधिक क्रियाकलापको अनुगमन गरि जिल्लाका सम्पूर्ण भूभागमा रहेका गिरोहलाई कारबाही गर्नु पर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ ज्ञापनपत्र:

gapanpatra

156 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank