केन्द्र र प्रदेश सरकारलाई बाढीपिडीतले बुझाए ज्ञापन पत्र

मङ्लबार, कार्तिक १३, २०७५

- प्रमित वि क



बाजुरा । बाजुराको बडिमालिका २ मैमातोलाका बाढी पिडितले केन्द्रीय सरकार , प्रदेश सरकार सम्बन्धित नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन ।

बस्तीको माथीबाट सडक काटिएपछि बस्ती नै पहिराकोे उच्च जोखिममा परेको भन्दै गासवासको ब्यबस्था गर्न स्था तहका सरकारलाई ध्यानाकर्षण गर्न ज्ञापन पत्र बुझाएको हो ।  बर्षातको समय सुरू हुनेबित्तिकै घरमा भएको सरसामान सारेर अन्ततिर जानुपर्ने बाध्यता रहेको स्थानियले बताएका छन । सघिंय सासंद लालबहादुर थापा , प्रदेश सासंद बल्देव रेग्मी र बडिमालिका नगरपालिकाका मेयर पदम बडुवाललाई एक कार्यक्रमको आयोजना गरि ध्यानाकर्षण पत्र बुझाएका छन ।

मैमातोलाका जम्मा ६ परिवारलाई खान बस्न त परै जावस सडक निमार्ण भए संगै पानी पनि खान नपाईने भएको छ । खानेपानी कहिले बुडीगंगाको नदीको पानी खान्छन् त कहिल्यई घट्मुना बजारबाट ल्याएर खाने गर्दछन् । भने खेती योग्य जमिन पहिरोले पुरीपछि खाद्यानको उतिकै समस्या हुने गरेको छ ।

1 (1)

बर्षातको समयमा विद्यार्थीलाई विद्यालयमा जान पनि समस्या हुने गरेको छ । तसर्थ विद्यार्थीको पढाईमा प्रभाव परेको मैमेतोलाका कतिपय विद्यार्थीको भनाई रहेको छ ।

मंगलबार एक कार्यक्रममा मैमातोलाका बासिन्दाले सर्वप्रथम खानेपानी र खाद्यानको माग गरेका छन्
तत्काल खानेपानिको ब्यबस्था गर्न सिचाईको ब्यबस्था गरिदिन र दिर्घकालिन रूपमा बस्ती अन्तै सारिदिन लगाएतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

83 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank