रारा भ्रमणमा गएका दुई टोलीबीच मदिरा सेवन गरि झगडा- मेयर सहित आधा दर्जन घाइते

आइतवार, कार्तिक १८, २०७५



कालिकोट । रारा भ्रमणमा गएका दुई टोलीबीच मदिरा सेवन गरि झगडा भएको छ । रारा भ्रमणमा गएको स्याङ्जाको चापाकोट नगरप्रमुख शिव गिरीको टोली र भक्तपुर जिल्लाबाट रारा भ्रमण आएको टोलीबीच मदिरा सेवन गरि झगडा हुँदा मेयर सहित आधा दर्जन बढी घाईते भएका हुन् ।

रारा भ्रमणमा निस्केको चापाकोट नगरपालिकोको टोली र भक्तपुरको टोलीबीच रारा पुगेर फर्कने क्रममा कालिकोटमा झगडा भएकाे हाे ।  दुई टोलीबीच मदिरा सेवन गरि झगडा हुँदा स्याङजाको चापाकोट नगरप्रमुख शिव गिरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

नगरप्रमुख गिरीको टाउकोमा ५ वटा टाँका लगाइएको छ । त्यस्तै गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका लगाइएको बताइएको छ । भ्रमण टोलीमा रहेका नगर प्रहरी इन्चार्ज प्रहरी शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको जनाएको छ ।

दुईवटै टोली कालिकोटको एउटै होटेलमा बास बसेको र राती च्याङ्ग्राको मासु पोलेर खाने क्रममा अपशव्द बोल्दा झगडाको भएको जनाएको छ । घाइतेको उपचार भईरहेको र बाँकीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank