प्रधानमन्त्रीको पद समेत त्याग गर्ने गणेशमान सिंहको जीवनी मनन योग्य छ : नेता सिंह

शनिबार, कार्तिक २४, २०७५



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले पदप्रतिस्ठा र कुर्सिको लागि जे सुकै गर्न तयार हुने आजको अवस्था मा प्रधानमन्त्री को पद समेत त्याग गर्ने गणेशमान सिहको जीवनी मनन योग्य भएको बताएका छन् ।

शनिबार स्वर्गीय नेता गणेशमान सिहको १०४ औ जन्मजयन्तिको अवसरमा शोभाभगवतिमा आयोजित माल्यापर्ण कार्यक्रममा बोल्दै नेता सिंहले लौह पुरुष गणेशमान सिंहको जीवनी अनुकरणीय रहेकाले सबैलाई मनन गर्न आग्रह गरेका छन् । नेता संहले आज मुलुकको यस्तो अवस्था हुनु साच्चिकै दुखदायी अवस्था रहेको बताए ।

उनले कांग्रेस पाटि जो लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रिया को लागि लड्यो त्यही पाटि भित्र आन्तरिक लोकतन्त्र नै नहुँदा कसरी अरुलाई लोकतन्त्रको दुवाई दिने भन्ने प्रश्न चिन्ह खडा भएको बताए । केहिदिन अघिको कांग्रेस केन्द्रीय समिति बैठकले कांग्रेस भित्र आन्तरिक लोकतन्त्र कस्तो छ भन्ने प्रस्ट भइसकेको बताए । पाटिको बिधान केही हैन सभापति नै सबै थोक हो जेमन लाग्यो त्यही गर्दै हिड्न सकिन्छ भनेर जसरी प्रस्तुत हुनुभो अब कांग्रेस मा पाटिबिधान को कुनै औचित्य नरहेकाले बिधान अनुसार चल्नु पर्छ नगरिनहुने कुनै काम भय आवश्यकता अनुसार नरहेको आरोप लगाए ।

उनले बिधान संशोधन गरु भन्दा पनि मनै बिधान हुँ जसरी भन्दै सभापति जी प्रस्तुत भयो त्यो दुखद कुरा हो उनले भने । उनले अहिले सरकार मनपरि तरिकाले चलिरहेको छ गर्नु पर्ने कुनै काम मा ध्यानदिन सकिरहेको छैन संघीयता कार्यान्वयनमा आशंका व्यक्त गरेका छन्। प्रतिपक्षी दलले सरकारको शसक्त खबरदारी गर्नु पर्ने अवस्था मा पाटि को हालत यस्तो रहनु दुखद रहेको छ भन्दै अझैसम्म पनि आफुहरु पाटि सुधारेर लोकतन्त्र मजबुद गर्न लागि पर्नै बताउदैै नेता गणेशमान सिहप्रति उच्च समान रहने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला सग्रौला काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ लगायत सांसद तथा नेता कार्यकता उपस्थिती रहेको थियो ।

208 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank