लौहपुरुष गणेशमान सिंहको जन्मजयन्ती मनाइदै

आइतवार, कार्तिक २४, २०७६



काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सिँहको सम्झनामा नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । शोभा भगवतीमा रहेको सिँहको शालिकमा विहान माल्र्यापण गरिएको छ । दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ । साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्धिप प्रज्वलन गर्ने कार्यक्रम छ ।

राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिँहको योगदानलाई अतुलनीय मानिन्छ । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन । सिँहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक वि पि कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata