कोरोना सन्त्रास- एक हप्ताका लागि खेलकुद गतिविधि बन्द गर्ने निर्णय

मङ्लबार, चैत्र ४, २०७६



काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले एक हप्ताकाे लागि खेलकुदका कुनै पनि गतिविधि नगर्ने निर्णय गरेकाे छ । विश्वमा फैलिदै गएकाे  कोरोना भाईरसकाे (कोभिड-१९ ) संक्रमणलाई नियाल्दै राष्ट्रिय खेलकुद परिषदले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले पनि उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत सम्पूर्ण गतिविधि  एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हाे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने र त्यस पश्चात परिस्थिति हेरेर निर्णय गरिने जनाएकाे छ। यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments