बङ्गलादेशसंगको खेलमा नेपाल १ शून्यले विजयी

मङ्लबार, असार २७, २०७४

loading...


काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल १–० गोल अन्तरले विजयी भएको छ । २३ वर्ष मुनिको टोलीको खेलमा नेपाललाई जीत दिलाउन कप्तान विमल घर्तीमगरले गरेको गोल निर्णयक बन्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलबार सम्पन्न खेलको पहिलो हाफको १७ औं मिनेटमा विमलले गोल गरेका थिए । अन्जन बिष्टको पासमा डी बक्स भित्र रहेका बिममले उत्कृष्ट प्रहार गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पछि सोही गोल निर्णायक बन्यो र नेपाल शुन्यका विरुद्ध एक गोलले विजयी भयो । एएफसी यु–२३ च्याम्पियनसिप छनौटको तयारीमा रहेको नेपालका लागि मंगलबारको खेलले हौसला प्रदान गरेको छ ।

एएफसी यु–२३ च्याम्पियनसिप छनौट खेल्न नेपाली टोली बिहीबार संयुक्त अरब ईमिरेट्स ९यूएई० जाँदै छ । असार ३१ गतेदेखि हुने छनौट प्रतिगितामा नेपाल रहेको समूह ‘डी’मा आयोजक युएई, उज्बेकिस्तान र लेबनान छन् ।

852 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank