कांग्रेसका पूर्वसांसद कार्की रहेनन्..

आइतवार, माघ १२, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन भएको छ । उपचारकै क्रममा रहेका कार्कीको गएराति निधन भएको हो ।

नेपाली कांग्रेस पाल्पाका नेता हिमालदत्त श्रेष्ठले कार्कीको गएराति निधन भएको जानकारी दिए । साथसाथै उनले कार्की कांग्रेसका अविष्मरणीय नेता रहेको बताए ।

कार्की पाल्पा २ बाट २०४८ सालको निर्वाचनमा विजयी भएका थिए । आजै दुई बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments