गम्भीरले लिए सन्यास

बुधबार, मंसिर १९, २०७५



एजेन्सी । पूर्व भारतीय  क्रिकेट खेलाडी गौतम गम्भीरले क्रिकेटको सबै प्रारुपबाट सन्यासको घोषणा गरेका छन् ।  ट्वीट मार्फत तमाम क्रिकेट प्रेमीलाई पुर्याएको सन्देशमा उनले भनेका छन्, सबै भन्दा मुस्किल फैसला भारी मनले लिइन्छ । आज भारी मनले यो घोषणा गर्दैछु जससँग म पूरा जीन्दगी डराइरहेको थिएँ ।

३७ बर्षीय खेलाडी गम्भीरले आफ्नो १५ बर्षे खेल जीवनबाट बिदा लिएको बताए । उनले ५८ टेस्ट म्याच खेल्दै ४१५४ रन बनाए भने१४७ एक दिवसीय खेलमा ५२३८ रन बनाए । यसै गरि विश्व क्रिकेटमा सर्वाधिक चर्चित आइपिएल म्याचमा सन २०१२ र २०१४ मा कोलकाता नाइट राइडर्सको कप्तान बन्दै ट्रफि चुम्न सफल भए ।

पछिल्लो समय दिल्ली फ्रेन्चाइजले उनलाई रिलिज गरिदिएको थियो ।

77 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank