विशाल ऐतिहासिक ताल ‘गेल केटर’ मा नासाको खोजी कार्य जारि

आइतवार, साउन २६, २०७६



एजेन्सी । नासाको ‘क्युरोसिटी’ रोभर नामक अन्तरिक्ष यानले गत गर्मीयामदेखि नै मंगल ग्रहको त्यस क्षेत्रको अनुसन्धान गरिरहेको छ, जुन क्षेत्र कुनै समय पानीले भरिएको थियो । उक्त यान सात वर्ष अगाडि मंगल ग्रहमा अवतरण गरेको थियो । यानले यस बीचमा १३ सय माइलको यात्रा तय गर्दै १,२०७ फिटको उचाईमा पुगेर   हजारौँ तस्बिर पृथ्वीमा पठाइसकेको छ ।

Gale Crater.को लागि तस्बिर परिणाम

पहिलेको गेल केटर

अहिले सो यान बसिरहेको माउन्ट सार्पमा अरबौँ वर्ष पहिले विभिन्न ताल र खोलाहरु हुने गर्दथ्यो, जसलाई ‘गेल केटर’ भनिन्छ । गेल केटर वास्तवमा सुकिसकेको विशाल ऐतिहासिक ताल हो ।  त्यसका माझमा १६ हजार फिट उचाइका पहाडहरु छन् । यसरी क्युरोसिटीले अहिले त्यहाँको माटोका मिनिरल तत्वहरु अध्ययन गरिरहेको छ, जुन पानी सुकिसकेपछि त्यहाँ बाँकी रहेको थियो । यानले अहिलेसम्म त्यहाँको जमिन खनेर २२ वटा स्याम्पल संकलन गरिसकेको छ ।

Gale Crater.को लागि तस्बिर परिणाम

अहिलेको गेल केटर

क्युरोसिटी रोभरले मंगल ग्रहका अनौठा भौलिक विशेषता सम्बन्धी गहिरो अध्ययन गरिरहेको छ । केही समय अगाडि मात्र रोभरको क्यामरा पानी र हावाको दबाबका कारण बनेको ढुङ्गा, ‘स्ट्रेथडन’को सतहको विस्तृत फोटो खिच्न सफल भएको थियो । क्यालिफोर्निया इन्सटिटीउट अफ टेक्नोलोजीकी उपप्रमुख भेलेर फक्सले सिएनएनलाई भनेकी छिन् , “हामीले यसअघि रेकर्ड गरेका ऐतिहासिक तालहरुमा अहिले नयाँ परिवर्तन देखिरहेका छौँ । त्यो एउटा साधारण ताल होइन । त्यसले वास्तवमै मंगल ग्रहबारे हाम्रो दृष्टिकोण परिवर्तन गराइरहेको छ र त्यहाँको पानीको इतिहास पनि धेरै जटिल रहेको देखाएको छ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata