खुट्टा ढोगी खाएको जागिर

सोमवार, पुस ७, २०७६



मैले नेताकाे दस पटक खुट्टा ढोगी खाएको जागिर
प्रचार प्रसारमा सँगै हिँडेपछि हो पाएको जागिर

विश्वास थिएन अझै उस्काे दलकाे हो भने पनि
झन्डा देखाए फोटो अनि लाएको जागिर

तलब आउदानि छुट्ट्याउनु पर्ने तिनै त्यतालाई फेरि
कति दु;ख कष्टले हिडि फिल्डमा धाएको जागिर

धाेरै विराेध गर्न थाले अपराधी ती नेताहरूको मैले
खोसियो बर्खास्त पत्र दिए गयो आएको जागिर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments