गाजामा तनाब, इजरायली सेनाले नष्ट गर्यो ३ सय रकेट

मङ्लबार, कार्तिक २७, २०७५



गाजापट्टी । सन् २०१४ पछि अत्यन्त खराब मानिएको इजरायल प्यालेस्टाइन सम्बन्ध तनाबपूर्ण बन्दैछ । गत आइतबार इजरायली सेनाको आक्रमणमा परि हमास कमाण्डरसहित सात प्यालेस्टाइन हमास कार्यकर्ता मारिएसँगै नयाँ राजनैतिक तनाब सुरु भएको हो ।

आज भएको इजरायली आक्रमणमा हमासको टेलिभिजन स्टेशन लक्षित रहेको मिडियाले जनाएको छ । गाजापट्टीको घना आवादी रहेको क्षेत्रमा इजरायली सेनाले प्रहार गरेको आक्रमणमा परि चार सर्वसाधरणले जीवन गुमाएको प्रारम्भीक रिपोर्टमा जनाइएको छ ।

यस अघि हमासले छोडेको ३ सय रकेट मध्य अधिंकासलाई इजरायली सुरक्षा प्रणालीले नष्ट गरेको थियो । हमासको रकेट प्रहारलाई लक्षित गर्दै गरिएकोे जवाफी कारबाहीमा प्यालेस्टाइन क्षेत्रमा ठुलो नोक्सान भएको जनाइएको छ । इलेक्ट्रोनिक इतिफादाका अली अबुनीमाहले भने, इजरायल गाजापट्टीका वासिन्दा माथि आतंक, बमबारी र हत्यालाई लक्षित गरिरहेको छ ।

हमासको रकेट दक्षिण इजरायलमा खस्दा एउटा बस र घरलाई क्षति पुर्याउनुको साथै एक इजरायली नागरिकको मृत्युको जवाफ दिएको इजरायली पक्षले जनाएको छ । वर्तमानको तनाबपछि संयूक्त राष्ट्रसंघका महासचिब एन्टोनियो ग्युटेरेसले दुबै पक्षलाई शान्त रहन र पछि हट्न आग्रह गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata