उनीराख्नु माला दिदी हुन्छ पक्कै भेट फेरि !

शनिबार, कार्तिक ९, २०७६



गजल

टीका थाप्न हजुरको तोडी आउँछु गेट फेरि ।
उनीराख्नु माला दिदी हुन्छ पक्कै भेट फेरि ।।

बाटोकुरी बस्नु है त परदेशी दाई आउँछ भनी,
बिदा मिले आउँछु बहिनी के-के गर्छ सेट फेरि ।।

कस्तो भाग्य लेख्या होला जन्मदिने भगवानले,
चुक्ता गर्न साहुको ॠण हुन्छ होला लेट फेरि ।।

शान्त पार्नु आमाबुबा दैलो धाउदै होला साहुले,
तिरीहाल्छु जसरी’नी ब्याजको त्यो रेट फेरि ।।

टीका थाप्न हजुरको तोडी आउँछु गेट फेरि ।
उनीराख्नु माला दिदी हुन्छ पक्कै भेट फेरि ।।

-सुरेन्द्रशाही”गुलाब कान्छो”, बाजुरा
“कुल्चिएको गुलाब” गजल संग्रहबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata