गजल-म संग संगै बग्न चहान्थे नदि बनेर

शनिबार, पुस २८, २०७५

- रबिना कार्की (कलि)



सधै तनमा मनमा यो आँखामा पनि
तिमी नै त छौ सुर ताल भाकामा पनि

म संग संगै बग्न चहान्थे नदि बनेर
तिमले राख्नै चाहेनौ किनारामा पनि

आखिर जीन्दगी के हो बुझेको सुगाले
रमाउन सक्छ एक्लै पिजडामा पनि।

हरेक दुखमा आनन्द लिन जाने देखि
मुस्कुराउन मन लाग्छ सपनामा पनि।

फुल पाती लिएर मन्दिर जानै पर्दैन
भेटिन्छ देविको रूप आमामा पनि।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments