फर्की हेरेँ दर्पणमा

शनिबार, बैशाख २९, २०७५

- मन्जु सिल्वाल (त्रिपाठी)



मेरो हुकुम माथी हजुर लगाउने, दास थिएन ।
अघि बढन स्याबासीमा ताली पिट्ने, मास थिएन ।

‍‍‍‍‍‍‍‍‍‍‍‍……………………………………………………………

पहिचान भुली आफ्नो, शुन्यतामा बिलिन हुदा,
सामिप्यातामा कोहि कसैको , आभाष थिएन ।

‍‍‍‍‍‍‍‍‍‍‍‍……………………………………………………………

अनायासै कोहि आइ, छुस्स छोए झैँ गर्यो,
तर पनि ! बस्नु पर्निको दिलमा बास थिएन।

‍‍‍‍‍‍‍‍‍‍‍‍……………………………………………………………

आलोचक र प्रसम्सकको, भिडमा पुग्दा खेरी,
माथी टुप्पोमा पुर्याइ झार्ने हरु, हतास थिएन।

‍‍‍‍‍‍‍‍‍‍‍‍……………………………………………………………

फर्की हेरेँ दर्पणमा , सोधे आफ्नै प्रतिबिम्ब सङ्ग,
मलाई हेरि खिस्स हाँस्यो, बिस्वास थिएन ।

 

314 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank