गजल !

बिहिबार, असार ५, २०७६



मेरो मनमा बदलाको कुनै आग आएन

भन्छन् होला अझै यसको दिमाग आएन

सायद आफै समस्यामा परेको होला पक्कै

आज छोराको खबर सुनाउन काग आएन

 

मैले जिन्दगी बिताइराखे तिम्रै प्रतीक्षामा

चोट लाग्यो यो मुटुमा बाहिर दाग आएन

 

यहाँ जिवन दुखको समिपमा रहिरहँदा

निर्मुल गर्न कुनै मायाको विभाग आएन

 

मान्छेले जिवनभर औकात देखाइरहँदा

मेरो जिन्दगी कुनै मज्जाको राग आएन

 

-केशवराज भट्ट सागर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank