काेहलपुरका डिएसपी शाही सहित ९ प्रहरी घाइते

३ बजेदेखि कर्फ्यू

आइतवार, मंसिर २२, २०७६



काठमाडौं । बाँकको कोहलपुरमा भएको ट्रक दुर्घटनामा एक छात्रा घाइते भएपछि कोहलपुरमा झडप भएको छ ।  स्थानीयहरुले ट्रकमा आगजनी गरेपछि भएको झडपमा परि कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगामुढाबाट डिएसपी शाही सहित उनीहरु घाइते भएका हुन । शाही लगायतको घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भुवन उच्च माध्यमिक विद्यालयमा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आक्रोशित विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए । प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो ।

जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए। उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments