प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरूको गाइजात्रे श्राद्ध !

सोमवार, भदौ ११, २०७५



काठमाडौँ । गाईजात्राको दिन व्यांग्यात्मक विरोध स्वरुप प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरूको गाइजात्रे श्राद्ध गरिएको छ । स्वतन्त्र नेपाली नागरिकको नाममा राकेशकुमार शर्माले वीर अस्पताल अगाडि श्राद्ध गरेका हुन् ।

उनले भने ‘प्रधानमन्त्री, मन्त्री, सांसद, र नेताहरूले मुलुकमा गाईजात्रा ताल देखाए । ०६२/०६३ सालको जनआन्दोलन पश्चात हाम्रो मुलुकको अवस्था हेर्दा मुटु छियाछिया भएर आउँछ । प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरूको कारण मुलुकको स्वाधिनता धरापमा र संकटमा पर्न गएकोले श्राद्ध गरी गाईजात्राको दिनमा विरोध प्रदर्शन गरेको हुँ ।’

संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याउने काम भएको उनको तर्क छ । उनी भन्छन ‘पहिले ६०१ सभासदहरूले राष्ट्रको ढुकुटी रित्याए । अब ८८४ जना सांसदहरूले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे । संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए । विक्रम सम्वत २०६२/०६३ सालपछि प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरूको कारण राष्ट्रको स्वाधीनता धरापमा परेको छ । यसकारण प्रधानमन्त्री , मन्त्री , ८८४ जना सांसद र राजनीतिक दलका नेताहरूको श्राद्व गरेको हो ।’

राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष एक ढिक्का हुने गरेको उनको बुझाइ छ ।

प्रधानमन्त्री, मन्त्री, सांसद, र नेताहरूको एकमुष्ट गाईजात्रे श्राद्धः

 काँग्रेस्य कोशी र गण्डकी नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
 एमालेस्य र काँग्रेस्य मिलीजुली महाकाली र टनकपुर नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
 दशगजा अतिक्रमण जस्ता सुस्ता, महेसपुर, कालापानी र लिपुलेक हस्तारन्तरण भारत तृप्यन्ताम् ।
 संघीयता अफाब सिद्ध तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले राजसंस्था फाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेच्नेहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले ०६२/०६३ को जनआन्दोलन पश्चात लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र को दुरुपयोग गरेकोले तृप्यन्ताम् ।
 संविधान निर्माणको नाममा राज्यकोष ढुकुटी दुरुपायेग गर्नेहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री , मन्त्री, सांसद र नेताहरु द्धारा प्रदेश नामकरण मुलुक खण्ड खण्ड विभाजन तृप्यन्ताम् ।
 राष्ट्रघाती र विकाऊ प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरु द्धारा राज्यकोष ढुकुटी तृप्यन्ताम् ।
 गिरीजा, सुशील, प्रचण्ड, बाबुराम भट्टराई, कमल थापा, शेर बहादुर देउवा लगायत सम्पुर्ण मधेशवादी पार्टीस्य संघीयता नाम सम्पूर्ण तराई भु–भाग अमुक अमुक देशे तृप्यन्ताम् ।
 सरकारी अस्पतालहरुमा सरकारबाट गरिबका नाममा आउने औषधीहरु तृप्यन्ताम् ।
 नेपाल आयल निगम आपुर्ति तृप्यन्ताम् ।
 शोषक र सामन्तीहरु द्धारा भारत र नेपाल सिमाना बाँध बाधी सम्पुर्ण जनता डुबानमा परी तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरु द्धारा भुकम्प पिडित रकम तृप्यन्ताम्, भुकम्प पिडित तिरपाल तृप्यन्ताम््, भुकम्प पिडित राहत तृप्यन्ताम् ।
 सुकुमबासी समाधान आयोग तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरु द्धारा नेपालको २७ वटा उद्योग तृप्यन्ताम् ।
क्रमश ः बिराटनगर जुटमिल तृप्यन्ताम् । भृकुटी कागज कारखाना तृप्यन्ताम् । बाँसबारी छाला जुत्ता तृप्यन्ताम् । हेटौंडा कपडा उद्योग तृप्यन्ताम्, । हेटौडा छाला उद्योग तृप्यन्ताम्, । बिरगंज चिनी मिल तृप्यन्ताम् । कृषी औजार कारखाना तृप्यन्ताम् । टिम्बर कार्पोरेशन अफ लिमिटेड तृप्यन्ताम् । जनकपुर चुरोट कारखाना तृप्यन्ताम् । ट्राली बस सेवा तृप्यन्ताम्, । हेटौडा काठमाण्र्डौ रोपवे तृप्यन्ताम् । चौबार सिमेन्ट उद्योग तृप्यन्ताम् । बुटवल धागो कारखाना तृप्यन्ताम् । बालाजु कपडा उद्योग तृप्यन्ताम् । हरि सिद्धी ईंटा उद्योग तृप्यन्ताम् । आदी इत्यादी सरकारी उद्योग र कल कारखानाहरु तृप्यन्ताम् ।
 काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गलाई ठगी खाने भाँडो बनाउनेहरु तृप्यन्ताम् ।
 निर्वाचन अयोगले निष्पक्ष निर्वाचन गराउन नसकेकोले निर्वाचन आयोग तृप्यन्ताम् ।
 निर्वाचन आयोगले निर्वाचनमा आचारसंहिनता उल्लंघन गर्नेहरुलाई कार्वाही नगरेकोले निर्वाचन अयोग तृप्यन्ताम् ।
 स्थानीय तह निर्वाचन पश्चात स्थानीय तहका जन प्रतिनिधी हरु बाट कर वृद्धि गरेकोले स्थानीय निकायहरु तृप्यन्ताम् ।
 यो देश बेची लुटेर खाने लुटेराहरु तृप्यन्ताम् ।
 सम्पूर्ण दर्शक बिन्द आ–आफ्नो मुन्टो बटारी गृह प्रस्थानम् इति गोजात्र श्राद्धम् समाप्तम ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments