कांग्रेसको गढ भत्काउँदै एमाले विजयी

बिहिबार, जेष्ठ ४, २०७४



नवलपरासी । नवलपरासीको गैंडाकोट नगरपालिकामा कांग्रेसको गढ भत्काउदै एमालेका उम्मेदवार छत्र पौडेल विजयी भएका छन् । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको चुनावी क्षेत्रभित्र पर्ने गैडाकोट नगरपालिकामा पौडेलले काँग्रेस उम्मेदवारलाई भारी मतले पराजित गरेका हुन् ।

चितवन जिल्लासँगै जोडिएको यो नगरपालिकामा लोकप्रिय नेताका रूपमा रहेका पौडेल ईमान्दार र साझा व्यक्तित्वका रुपमा पनि चिनिन्छन् ।

पञ्चायती व्यवस्थाको विरुद्धमा भएका आन्दोलनमा भुमिगत हुँदै २०४६ सालको जनआन्दोलन र २०६२–६३ मा नवलपरासी र चितवनमा आयोजना गरिएको आन्दोलनका कार्यक्रममा अग्रपङ्क्तिमा सहभगिता जनाउदै आएका छन् ।

गैँडाकोट नगरपालिका साविकका गैँडाकोट नगरपालिका र रतनपुर गा.वि.स. मिलाएर बनाइएको हो। यसको जनसङ्ख्या ५८८३६ र क्षेत्रफल १५९.९३ वर्ग किलोमिटर छ। यसको केन्द्र साविक गैँडाकोट नगरपालिका कार्यालयमा छ। यसको वडा सङ्ख्या १८ छ ।

यसको सिमाना पूर्वमा चितवन र तनहुँ जिल्ला, पश्चिममा देवचुली नगरपालिका, उत्तरमा बुलिङटार गाउँपालिका र तनहुँ जिल्ला, दक्षिणमा चितवन जिल्ला र चितवन राष्ट्रिय निकुन्जसम्म छ ।

2549 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank