उपहारका गैंडा लिन चिनियाँ विशेष विमान आउने

सोमवार, असार १८, २०७५



काठमाडौं । नेपालले उपहारस्वरुप दिने एकसिंगे गैंडा लिन चिनियाँ विशेष जहाज असार २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दैछ । विमानमा भेटेरिनरी चिकित्सक÷केयर टेकरसहितको टोली पनि आउनेछ ।राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नेपालले दिएको जोडी उपहार गैंडा बोकेर सोही दिन चार्टर जहाज चीन उड्ने छ । सँगै नेपाली भेटेरिनरी चिकित्सकसहितका विशेषज्ञ पनि जानेछन् ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी ओली र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले भाले ‘भद्र’ र पोथी ‘रुपसी’ चीन सरकारलाई हस्तान्तरण गर्नेछन् । –कान्तिपुर दैनिकबाट

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank