गजल-सोझो कुरा बोल्नेको, हित हुँदैन र ?

शनिबार, कार्तिक १७, २०७५

- मन्जु सिल्वाल (त्रिपाठी)



कलियुगमा सत्यको, जीत हुँदैन र ?

सोझो कुरा बोल्नेको, हित हुँदैन र?

खुनको प्यासी छन् , भाइचारा हरायो,
सुदामा, कृष्णको जस्तो, मीत हुँदैन र ?

पुरुषले धर्म छाडे, परस्त्रीमा आसक्ति,
भासिन दलदलमा, भए भित हुँदैन र ?

भ्रष्ट भए नारी, अपवादलाई छोडेर,
आफ्नो कर्मको फल, आफैसित हुँदैन र ?

किन समाजमा आदर्शको झुठो ढोङ ओड्ने,
चोर-चालबाजि देखि, परिचित हुँदैन र?

169 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank