कांग्रेस बैठकमा गगनको ५१ पेज लामो दस्तावेज (पूर्णपाठ सहित)

मङ्लबार, बैशाख ११, २०७५



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीयकार्य समिति बैठकमा युवा नेताहरुको संयुक्त प्रस्ताव पेश गरिएको छ । कांग्रेस युवा नेताहरुको समूह ‘६ भाइ’ले शीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संयुक्त दस्तवेज पेश गरेका हुन् ।

मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगन थापाले ५१ पेज लामो दस्तावेज पेश गरेका हुन् । नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै दस्तावेजमा भनिएको छ, ‘महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्छ ।’

पार्टीको नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि उमेर केही होइन भन्न नसकिने भन्दै ‘छ भाइ’ले सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको बताएका छन् । पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँको आगमन नहुँदा एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको भन्दै दस्तावेजमा भनिएको छ, ‘पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका त कोर्‍यौं तर, त्यसलाई चलाउने नेतृत्व सिथिल र यथास्थितिवादी छ भने संगठनमा गतिशिलता कसरी आउँछ ?
यो लिङ्कमा हेर्नुहोस् पूर्णपाठ

227 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank