फास्ट ट्रयाकबाट संविधान संसोधन पारित गरौं: सांसद थापा

बुधबार, जेष्ठ १४, २०७७



काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेपाली कांग्रेसका सांसद गगन थापाले फास्ट ट्रयाकबाट संविधान संसोधन पारित गर्नु पर्ने बताएका छन ।

संविधान संशोधन विधेयकका सन्दर्भमा सांसद थापाले ट्विट गर्दै  पार्टी सभापति शेर बहादुरलाई भोली नै पार्टी केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरेका छन । उनले भनेका छन,परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो।

शेर बहादुर देउवालाई ट्विट मेनसन गर्दै सांसद थापाले भोलि नै बठक बोलाई यो औपचारिकता पूरा गरौं भन्ने आग्रह गरेका छन । साथै उनले फास्ट ट्रयाकबाट संविधान संसोधन पारित गरौं भन्दै उल्लेख गरेका छन । सघीय संसद अन्तरगत बुधबारको प्रतिनिधि सभा बैठकमा संविधान संशोधन विधेयक पारित गर्नेकार्यसुची भएपनि नेपाली कांग्रेस र मधेशवादी दलको कारण पेश हुन सकेन ।

सामाजिक सञ्जालमा भारतीय दुतको रुपमा श्याम शरण शुल्क नेपाल आएको र उनकै कारणले कांग्रेस र मधेशवादी दलहरुले आजको कार्यसुचीबाट पछि हटेको टिप्पणी भइरहेको छ ।सरकारले कालापानी, लिपुलेक र लिम्यिाधुरा सहितकोनक्सा सार्वजनिक गरेसन्गै सरकारले निशान छाप समेत परिवर्तन गर्नु पर्ने भएकाले मंगलबार सर्वदलिय बैठकबाट संविधान संशोधन प्रस्ताव अघि बढाएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments