प्रेसमाथि आक्रमण गर्ने शासकीय प्रवृत्ति निन्दनीय छ: गगन थापा

आइतवार, बैशाख २१, २०७७



काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रेसमाथि आक्रमण गर्ने शासकीय प्रवृत्ति निन्दनीय भएको बताएका छन् ।

आइतबार विश्व प्रेस दिवसको अवसरमा ट्विट गर्दै सांसद थापाले महामारीमा सञ्चार कर्मीको योगदानलाई नजरअन्दाज गर्दै प्रेसमाथि आक्रमण गर्ने शासकीय प्रवृत्ति निन्दनीय भएको उल्लेख गरेका छन् ।

उनले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने सबै खाले दुष्प्रयास विरुद्ध लड्न तथा भयमुक्त र पक्षपात रहित पत्रकारिताका लागि हामी सबैलाई उत्प्रेरित गरोस् भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना समेत व्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments