प्रधानमन्त्री ज्यू,आँखा र कान परीक्षण गर्नुहाेला :गगन थापा

सोमवार, बैशाख ८, २०७७



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली प्रति रोष प्रकट गरेका छन् ।

सोमबार ट्विट मार्फत अलपत्र नागरिकको पक्षमा उठेका आवाज कर्कश ठानेको भन्दै प्रधानमन्त्री ओली प्रति आक्रोश व्यक्त गरेका छन् । सांसद थापाले प्रधानमन्त्रीलाई आँखा र कान परीक्षण गर्न गगन थापाको सुझाव दिएका छन ।

प्रधानमन्त्रीलाई ट्विट मेन्सन गर्दै सांसद थापाले भनेका छन, हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरूलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने । अनि तिनको पक्षमा उठेका आवाज कर्कश ध्वनिुठान्ने हो भने प्रधानमन्त्री ज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला ।

सांसद थापाकाे ट्विट जस्ताकाे त्यस्तै

gagan thapa

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments