सरकारलाई गगन थापाको प्रश्न, चैत्र २५पछिको हाम्रो रणनीति र योजना के ?

बिहिबार, चैत्र २०, २०७६



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको काम र गतिविधि बारे प्रश्न गरेका छन् । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भएको अनियमितताबारे नेता थापाले सरकारको धारणा माग गरेका छन् ।

बिहीबार ट्विट मार्फत थापाले भनेका छन् । महासङ्कटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाड्ने उल्लेख गरेका छन् । दिन ढल्यो,कुरा बिर्सियो हुन हामी कदापि दिने छैनौँ।उनले भनेका छन् । साथै सरकार चैत्र २५पछिको हाम्रो रणनीति र योजना के भन्दै प्रश्न गरेका छन् ।

सरकारले स्वास्थ्य सामाग्री खरिद प्रकरणबारे बुधवार पत्रकार सम्मेलन मार्फत खरिदको जिम्मा पाएको कम्पनीको सम्झौता रद्द गरिसकेको छ ।

नेता थापाकाे ट्विट यस्ताे छ 

gagan thapa

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments