दुई तिहाईको सरकारले नागरिकको अधिकार खोस्दै छ: नेता थापा

बिहिबार, जेष्ठ २, २०७६



जाजरकोट । नेपाली काँग्रेसका नेता गगन कुमार थापाले केपी ओली नेतृत्वको दुई तिहाईको सरकारले नागरिकको हक अधिकार खोस्दै गएको बताएका छन् ।

उनले सरकारले प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको दाबी गरे ।  विहिबार जाजरकोट क्षेत्र नं २, क्षेत्रिय कार्य समितिले थलहबजारमा आयोजना गरेको काग्रेस जागरण अभियानको आमसभालाई सम्बोधन गर्दै नेता थापाले सरकारले ल्याएका तीनवटा विधेयकको विरोधमा उत्रनु पर्ने बताए ।

सरकारले अदालत, मानव अधिकार आयोग, अख्तियार, सञ्चार लगायत क्षेत्रलाई समेत नियन्त्रणमा लिन खोजेको आरोप लगाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata