मौन अबधीमा भाषण गर्दा गर्दै कपनबाट लखेटिए मन्त्री थापा(भिडियोसहित)

शनिबार, बैशाख ३०, २०७४

loading...


फाईल तस्विर (केही समय पश्चात वास्तविक तस्विर तथा भिडियो अपलोड गरिनेछ)

कठमाडौ – मौन अवधीमा भाषण गर्दा गर्दै कपनबाट स्वस्थ्य मन्त्री गगन थापा लखिटिएका छन्। शनिबार बिहान  पौने दशबजे कपनको जोर धारामा भाषण गरीरहेको बेला एमाले कार्यकर्ताहरुले आचार संहित उल्लंघन गरेको भन्दै विरोध जनाएका थिए। विरोध जनाए लगतै बिवाद भएपछि  मन्त्री झण्डावाल गाडी लिएर कपनको  खेलकुद ग्राउण्ड हुृदै भागेको  स्थानीयहरुले बताएका छन। उनी सरकारी गाडि  र झण्डाको दुरुपयोग गर्दै कपन पुगेका थिए। 

मौनअबधीमा भाषण गरेर  भोट माग्नु आचारसंहिता विपरित हो भने प्रचारमा सरकारी   साधन र स्रोतको प्रयोग गर्न नपाउने व्यबस्था छ। एमाले कपनका  पूर्ब अध्यक्ष ध्रुव न्यौपानेले मन्त्री थापाले आचार संहिता विपरित भोट माग्दै भाषण गर्दै हिडेकोले आफुहरुले त्यसको विरोध गरेको नेपालपाटीलाई बताएका छन् । नारा जुलुस गर्दै मन्त्री थापालाई कपनको नीलो पुल कटाइएको पनि उनले जानकारी दिए।

साथै मन्त्री थापाको गाडी त्यहाँबाट  भागेर सुकेधारा पुग्दा बा ७५ प ४१३१ नम्बरको मोटर साइकललाइ समेत ठक्कर दिएको जानकारीमा आएको छ ।

यो पनि पढ्नुस

38986 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv